मिर्मिले लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २३ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। जुन अघिल्लो बर्षको भन्दा बढी हो । अघिल्लो वर्ष लघुवित्तले २० प्रतिशत बोनस वितरण गरेको थियो।
आर्थिक वर्ष २०७७र७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको हुँदा बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश नछुट्याइएको लघुवित्तले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया