प्राइम कमर्सियल बैंकले आह्वान गर्‍यो साधारण सभा

0
Shares

प्राइम कमर्सियल बैंकले पुस २८ गते बिहीबार बैंकको वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले पुस २८ गते कार्की ब्याङ्क्वेट, बवरमहल, काठमाडौंमा बिहान ११ बजे १५ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशत (७४ करोड ६२ लाख ५२ हजार ९१२ रुपेयाँ) बोनस सेयर र कर सहित ४.९५ प्रतिशत (९२ करोड ३४ लाख ८७ हजार ९७९ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा रहेको छ ।

यसैगरी गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा उपर पनि सभामा रहेको छ ।

सभामा बैंकको नियामवली अनुसार समूह ‘क’, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा ३ जना र समूह ‘ख’, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा २ जना गरी कुल ५ जना मनोनयन वा नियुक्ति गर्ने प्रस्ताव पेश हुनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयधरनीहरुले मात्र बैंकको प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।