सेन्ट्रल फाइनान्सको सेयर कारोबार रोक्का

0
Shares

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार रोक्का भएको छ ।

लभांश सम्बन्धी जानकारी समयमा नै उपलब्ध नगराएपछि नेप्सेले फाइनान्सको सेयर कारोबार रोक्का गरेको हो । साथै फाइनान्स कम्पनीलाई
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणापत्र पुस ६ गते कारोबार समयमा दिउँसो १२ः३९ बजे नेप्सेमा पठाएकोमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै यो पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको हो सो सम्बन्धमा नेप्सेले कम्पनीलाई स्पष्टिकरण समेत पेश गर्न अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  १६ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।