नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस ८ गते शुक्रबार एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेका अनुसार तीन वटै कम्पनीको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि गरिएको बुकक्लोजसँगै सेयरमूल्य समायोजन गरिएको हो ।
बोनस सेयर समायोजनपछिको प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ५०३ रुपैयाँ ५४ पैसा, नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ३८७ रुपैयाँ ९६ पैसा र गरिमा विकास बैंकको प्रतिकित्ता ३३० रुपैयाँ ९७ पैसा निर्धारण निर्धारण गरिएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजीको १३ प्रतिशत बोनस, नेपाल इन्स्योरेन्सको चुक्ता पुँजीको ८ प्रतिशत बोनस र गरिमा विकास बैंकको चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको हो ।
बिहीबार कारोबार भएको अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरि नयाँ भाउ तोकिएको हो । हिजो बिहीबार प्राइम लाइफ इन्स्योरेन्सको सेयर अन्तिम पटक प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ४१९ रुपैयाँ र गरिमा विकास बैंकको प्रतिकित्ता ३७४ रुपैयाँमा कारोबार भएको थियो ।
सेयरमूल्य समायोजन भएका तीनवटै कम्पनीको सेयर आइतबार शुक्रबार समायोजन भएको भाउलाई आधार मानेर नेप्सेमा खुला हुँदैछ ।
तीन वटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुकक्लोज गरेका हुन् । यसअनुसार बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया