यातायातले ४५६ सवारी धनीलाई कारबाही गर्यो

0
Shares

यातायात विभागले गत मंसिर महिनामा ४५६ सवारी धनीलाई कारबाही गरेको छ । विभागले अनुगमन गर्ने क्रममा विभिन्न प्रकारका सवारीलाई ट्राफिक नियम उल्लघंन गरेपछि कारवाही गरेको हो ।

कारवाही स्वरुप विभागले १०१ वटा सवारी धनीको चालक अनुमति पत्र नियन्त्रणमा लिएको छ । त्यस्तै, ३५५ वटा सवारी दर्ता किताब र सवारी इजाजतपत्र नियन्त्रणमा लिएको छ । नियम उल्लंघन गर्ने सवारी धनी तथा सवारी चालकबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना समेत असुल गरेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि २०६० बमोजिम विभागबाट ट्राफिक नियमको पालना भए नभएको सम्बन्धमा नियमित रुपमा सवारी अनुगमन कार्य हुनुपर्नै व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।