पहिलो त्रैमाससम्म ३४१ कृषकका १२ सय बढी पशुको सुरक्षण

0
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक बर्ष २०७९/८९ को पहिलो त्रैमासिक अवधिमा तीन करोड ९ लाख ८४ हजार रुपैयाँ बराबरको एक हजार २१७ वटा पशुको सुरक्षण गरेको छ । कोषले नेपालभर आठ वटा कार्यालयबाट ३४१ कृषकको पशुको सुरक्षण गरेको हो ।

कोषको तथ्यांक अनुसार चितवनमा रहेको कार्यालयबाट एक करोड ४३ लाख ६० हजार रुपैयाँ बराबरको १७७ वटा पशुको सुरक्षण भएको छ । सो क्षेत्रका ५५ कृषकले आफनो पशुको सुरक्षण गराएका छन् भने सुरक्षण बापत कोषले सात लाख १८ हजार रुपैयाँ सुरक्षण शुल्क लिएको छ ।

त्यस्तै, पोखराबाट ७६ लाख ८ हजार रुपैयाँ बराबरको ४४९ वटा पशुको सुरक्षण भएको छ । सो क्षेत्रका १३४ कृषकले आफनो पशुको सुरक्षण गराएका छन् भने सुरक्षण बापत कोषले तीन लाख ८० हजार रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।

वुटवल क्षेत्रबाट भने ७६ लाख ३३ हजार रुपैयाँ बराबरको ५३२ वटा पशुको सुरक्षण भएको छ । सो क्षेत्रका १२८ कृषकले पशुको सुरक्षण गराएका छन् भने सुरक्षण बापत कोषले तीन लाख ८२ हजार रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।

सुर्खेतबाट पनि नौ लाख ४५ हजार रुपैयाँ बराबरको ३३ वटा पशुको सुरक्षण भएको छ । सो क्षेत्रका १५ कृषले पशुको सुरक्षण गराएका छन् जस बापत कोषले ४७ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।

त्यस्तै, धनगढी क्षेत्रबाट चार लाख ३८ हजार रुपैयाँ बराबरको २६ वटा पशुको सुरक्षण भएको छ । सो क्षेत्रका नौ कृषकले पशुको सुरक्षण गराएका छन् । जसबापत कोषको २२ हजार रुपैयाँ शुल्क संकलन गरेको छ ।

कोषले पशुधन कर्जा अन्र्तगत एक लाख ५० हजार रुपैयाँसम्मको पशुको सुरक्षण गर्ने गरेको छ । जसको सुरक्षण शुल्क प्रति बर्ष ५ प्रतिशत तोकिएको छ । जसमा प्रिमियम रकमको ५० प्रतिशत मात्रै सम्बन्धित ऋणीले भुक्तानी गर्नुपर्ने हुन्छ । सुरक्षण शुल्क रकमको बाँकी ५० प्रतिशत नेपाल सरकारकाबाट अनुदानको रुपमा प्राप्त हुन्छ ।

सुरक्षण लेखको अवधि भित्र पशुधनको मृत्यू भएमा कोषले सुरक्षण रकमको ९० प्रतिशतका दरले सदस्य संस्थाहरु मार्फत किसानलाई क्ष्तिपूर्ति दिइन्छ ।
सुरक्षण लेखको अवधि भित्र पशुधन अनुत्पादक भएमा कृषकलाई सुरक्षण रकमको ५० प्रतिशतसम्म सदस्य संस्था मार्फत क्षतिपूर्ति दिइन्छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।