आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

0
Shares

बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दशौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ ।

राष्ट्रलाई समृद्धिशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रवर्द्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ ।

रमणीय शहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो ।

दक्षिण एसियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरू समेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा “टिमुरदेखि ऐलासम्म“ शीर्षकमा सेसन पनि चलाइएको थियो ।

उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौतीजस्ता विषयबारे छलफल गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।