.jpg)
नव निर्वाचित गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको दोस्रो दिनमा अर्को महत्वपूर्ण निर्णय गरेका छन् ।
लामो समयसम्म अनुसन्धानकै क्रममा रहेको निर्मला हत्या प्रकरणमा अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका उनले दोस्रो दिनमा नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घन्टा भित्र फिर्ता गर्न निर्देशन दिएका हुन् ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिस्तरिय निर्णयबाट कार्यविधिमा उल्लेख गरेको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको जानकारी दिए ।
गृह मन्त्रालयले विभिन्न मन्त्रालय तथा पदमा रहेर राष्ट्रसेवा गरेका “विशिष्ट व्यक्तिहरुको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” लागू गर्दै कार्यान्वयनमा ल्याएको छ । सो कार्यविधिभन्दा धेरै सुविधा लिइरहेकाहरुको सेवा गृहमन्त्री लामिछानेको दोस्रो निर्णयबाट खोसिएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया