वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले मुख्य नाका इनरुवामा रहेको हेल्थ डेस्कको निरीक्षण गरेका छन् ।
कोरोना भाइरस (कोभीड–९०) को संक्रमण छिमेकी देशमा फैलिरहेको र त्यसलाई यहाँ भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने देखिएकाले मुख्य नाकामा रहेको हेल्थ डेस्कको सेवा प्रवाहबारे जानकारी लिन बिहीबार बिहान निरीक्षण गरेका हुन् ।
अहिले छिमेकी देश भारतमा कोभिड संक्रमित दैनिक बढिरहेकाले त्यहाँबाट वीरगञ्ज प्रवेश गर्ने यात्रुलाई अनिवार्य जाँच गरेर मात्रै भित्र्याउन पनि उहाँले हेल्थडेस्कका स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।
हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य उपकरण, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको कुनै कमी हुन नदिने गरी चुस्त राख्न पनि आग्रह गर्दै आवश्यक परेका सामग्री महानगरबाट लिन पनि उनले आग्रह गरे ।
हेल्थ डेस्कमा अहिले बिहान र बेलुकाको समयमा एन्टिजेन परीक्षण र शरीरको तापक्रम जाँच गर्ने गरिएको छ । कोभिड संक्रमण फैलन नदिन सबैले सतर्कता अपनाउनुपर्ने देखिएकाले महानगरले आवश्यक आन्तरिक तयारी गर्न प्रवेशद्वारमा रहेको हेल्थको अनुगमन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।
हेल्थ डेस्कको सरसफाई र मर्मत सम्भार गर्नु पर्ने कामलाई अघि बढाउन पनि कर्मचारीहरुलाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । अहिले दैनिक १ जनाको एन्टिजेन परीक्षण हुनुका साथै २ सय जनाको स्क्रिनिङ गर्ने काम गरिरहेको हेल्थ डेस्ककी चिकित्सक डा.अनिसा महतोले जानकारी दिए ।
स्थानीयलाई तापक्रम स्क्रिनिङ गर्ने गरेको र विदेशीलाई भने एन्टिजेन नै परीक्षण गरेर पठाउने गरेको हेल्थ डेस्ककी चिकित्सक डा.अनिसा महतोले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया