अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य उकालो लाग्दै

0
Shares

अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य निरन्तर उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्ष २०७९/८० को पहिलो पाँच महिनाको प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस अमेरिकी डलर ८२.३४ पुगेको छ । यो मूल्य गत आवको तुलनामा ११.७ प्रतिशतले बढेको हो ।

तथ्यांक अनुसार गत आवको सोही अवधिमा सुनको मूल्य प्रति औंस अमेरिकी डलर ७३.७१ थियो । यो मूल्य अघिल्लो आव सोही अवधिको तुलनामा ४५.२ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा भने सुनको मूल्य प्रति औंस ५०.७७ अमेरिकी डलर रहेको बैंकको तथ्यांक छ । गत आवको अन्त्यमा भने अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस अमेरिकी डलर ७४.५३ कायम भएको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल अमेरिकी डलर १७ सय ८३ दशमलव ५५ पुगेको छ । यो मूल्य गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ८ प्रतिशत वढी हो ।

केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आवको सोही अवधिमा तेलको मूल्य प्रति व्यारेल अमेरिकी डलर १७ सय ६८ दशमलव ६५ थियो भने अघिल्लो आवको समिक्षा अवधिमा १८ सय ५० दशमलव ६५ रहेको तथ्यांक छ ।

गत आवको अन्त्यसम्ममा भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल अमेरिकी डलर १८ सय २३ दशमलव ७५ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।