होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै चौधरी ग्रुप अन्तर्गतको सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ । होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरुमा असर परेपछि सीजी डेभलपर्सको नाम जोडिएर केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिकाटिप्पणीहरु भएको भन्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
अध्यक्ष राहुल चौधरीले परियोजनाको निर्माण क्रममा व्यवस्थापन र सञ्चालनमा सीजी डेभलपर्स संलग्न नरहेको बताए । होटल समिटले विकास गरिरहेको परियोजनामा सीजी ३० प्रतिशत सेयरका साथ सामान्य साझेदारको भूमिकामा मात्र रहेको र परियोजनाको व्यवस्थापनमा संलग्न नरहेको जनाएको हो ।
होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीकोको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको सीजी डेभलपर्सले जनाएको छ । समीट होटल प्रालीमा एक्त होटल सञ्चालन रहेको समयदेखि समिट रेसिडेन्सीको परियोजनासम्म ७० प्रतिशत सेयर हिस्साको साझेदारको रुपमा रविभक्त श्रेष्ठ, अमृतरन्त शाक्य, सुर्वणकृष्ण श्रेष्ठ, सञ्चित श्रेष्ठ र उनको परिवारहरु रहेको बताएको छ ।
सीजी डेभलपर्सले भनेको छ, “सीजी डेभलपर्सले विकास गरेका परियोजनाहरू प्रतिष्ठित छन् र ति परियोजनाले नेपालको रियल स्टेट सेक्टरमा छुट्टै पहिचान स्थापित गरेका छन् ।” सीजी डेभलपर्सले काठमाडौं रेसिडेन्सी, सीजी हिल्स, माउण्ट भ्यू रेसिडेन्सी (फेज १, २ र ३) विकास गरेको तथा अहिले ललितपुरको भैंसेपाटीमा सीजी हिल्स प्रिमियम विकास गरिरहेको जनाएको छ । यी परियोजनाहरूको व्यवसायिक व्यवस्थापन र सञ्चालन मात्रसीजी डेभलपर्सले गर्ने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया