नेपाल फाईनान्सको हकप्रद संस्थापक सेयर बिक्रीमा


नेपाल फाईनान्स लिमिटेडले हकप्रद संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हकप्रद सेयरको बिक्री खुला गरी आवेदन नपरेको हकप्रद लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो ।

नेपाल फाईनान्सको ११ लाख १६ हजार ६१६ कित्ता सेयरमा असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाण्डौं, नेपाल फाईनान्स लिमिटेडको केन्द्रिय कार्यालय बनेपा, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरुबाट आवेदन बोलपत्र आवेदन फाराम लिन र बुझाउन सकिने छ ।

यस्तै प्रभु बैंक लिमिटेडको विराटनगर, विरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालयहरु मार्फत पनि आवेदन दिन सकिने छ ।
बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ ।

बोलपत्र पेश गर्दा संस्थापक शेयरको लागि न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढि १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । संस्थापक समूहको हकमा समान मूल्य बोलकबोल भएमा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।