स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्ने

0
Shares

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । लघुवित कम्पनीले जारी पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो । हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट सेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।