एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको असाेज १४ गते आइतबार बसेको १२५ औं बैठकले कात्तिक १७ गते शुक्रबार आम्रपाली व्यान्क्वेट, थिरबम सडक, काठमाण्डौमा सभा आह्वान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्न भएको छ । कम्पनीको सभाले सामान्य प्रस्तावहरु मात्र पारित गरेको छ ।
यस्तै सभा स्थलमा उपस्थित हुन नसक्ने सेयरधनी महानुभावहरुको उपस्थितिका लागि भर्चुअल (विद्युतीय) माध्यमको व्यवस्था गरिएको छ । सभाले आर्थिक वर्ष २०७९\८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९\०८० को वार्षिक नाफा \ नोक्सान हिसाब विवरण तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने छ । यस्तै सभाले आर्थिक वर्ष २०८०\०८१ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।
वार्षिक साधारण सभा प्रयोजनका लागि असोज ३० गतेका दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने छ । जसअनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा असोज २९ गते सोमबारसम्म कारोबार भई, सेयर खरिद गरी आफ्नो नाममा सेयर नामसारी भई आएका सेयरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया