पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर ११ रुपैयाँ र ५ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ कामय भएको छ ।

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७१ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ तथा काठमाण्डौं , पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक सय ६८ रुपैयाँ तोकिएको छ ।

यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा , दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक सय ७२ रुपैयाँ तथा काठमाण्डौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर  एक सय ७३ रुपैयाँ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ११.१८ रुपैयाँ र ५.०३ रुपैयाँले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ असाेज २०८०, सोमबार  ०६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।