नेपाल विद्युत् प्राधिकरणले माग्यो झण्डै ४०० कर्मचारी


नेपाल विद्युत् प्राधिकरणले झण्डै चार सय जना कर्मचारीका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म गरी उक्त संख्यामा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १४ गतेसम्म आवेदन बुझाउन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २१ सम्म आवेदन भर्न सकिने छ ।

प्राधिकरणले दसौँ तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

यसैगरी प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २४ कात्तिक २०८०, शुक्रबार  ०८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।