सोमबार अमेरिकी डलरको भाउ कति ?


आइतबार उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ । आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरिएको थियो । अमेरिकी डलर आज पनि सोही भाउमा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसा तोकिएको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ ५२ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६१ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा र बिक्री दर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४९ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्री दर १० रुपैयाँ २५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०८०, सोमबार  ०७ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।