यो साता सुनको मुल्यमा रेकर्ड माथि रेकर्ड कायम भएको छ ।
रुस-युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा तीन पटकसम्म नयाँ उचाई सहितको रेकर्ड कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ रहेको सुनको मुल्य साताको चौंथो दिन बुधबार १ लाख १९ हजार ३०० सयमा पुगेर शुक्रबार पुनः १ लाख १९ हजार कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतितोला २१ सय रुपैयाँले बढी होे ।
यस्तै यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार ५ सय ४० रुपैयाँ कायम भयो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया