रोयल्टी नबुझाउने सेवाप्रदायकलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको अल्टिमेटम


नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी नबुझाउने दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले वर्ष दिनदेखि वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको हो ।

बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक-पटक सम्पर्क गर्न पत्राचार तथा ईमेल गर्दा समेत सम्पर्कमा नआएका कम्पनीलाई ७ दिनको अल्टिमेटम दिएको हो ।

प्राधिकरणले सात दिन भित्र सम्पर्कमा नआए दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति खारेजी गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ मंसिर २०८०, आइतबार  ०८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।