आइएमई जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले माघ ९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे २५ औं वार्षिक साधारण सभा डाकेको हो।

कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने छ ।

कम्पनीको सभाले गत बर्षको नाफाबाट प्रस्तावित पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँको ६ प्रतिशत (१० करोड २० लाख ९९ हजार ८५ रूपैयाँ) बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद (५३ लाख ७३ हजार ६३६ रूपैयाँ) लाभांश अनुमोदन गर्नेछ ।

साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २७ गते बुधबारदेखि माघ ६ गते शुक्रबारसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७९, सोमबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।