नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १९ गते मंगलबार पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेकोमा हिमालयन डिष्टिलरी सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका ८ मध्ये ३ कम्पनीको भने सेयरमूल्य समायोजन भएन । नेप्सेले नगद लाभांशमा भने बजार मूल्यको दश प्रतिशत वा सो भन्दा बढी नगद लाभांश वितरण गर्ने कम्पनीको मात्र सेयरमूल्य समायोजन गर्ने गरेको छ । भोलि बुकक्लोज गर्न लागेका तीन कम्पनीको नगद लाभांश बजार भाउकाे दश प्रतिशतभन्दा कम भएकाले नेप्सेले मूल्य समायोजन नगरेको हो । सेयरमूल्य समायोजन नहुने कम्पनीहरुमा शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (तराई) लिमिटेड र बोटलर्स नेपाल (बालाजु) रहेका छन् ।
१. हिमालयन डिष्टिलरी
हिमालयन डिष्टिलरीको चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य २५१८ रुपैयाँ ७५ पैसा समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता ४०३० रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर र कर सहित १० प्रतिशत नगद सहित कुल ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय वीरगञ्जमा बिहान १० बजे २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
२. मुक्तिनाथ विकास
मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ४१९ रुपैयाँ ३८ पैसा समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । बैंकको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता ४७६ रुपैयाँमा कारोबार भएको थियो ।
मुक्तिनाथले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १३.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ३० गते शनिबार होटल पोखरा ग्रान्ड बिरौटा पोखरामा बिहान १० बजे १६ औं वार्षिक साधारण सभा डाकेको छ ।
३. मिर्मिरे लुघवित्त
मिर्मिरे लुघवित्तको चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ८२१ रुपैयाँ ३८ पैसा समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता १०१० रुपैयाँ ३० पैसामा कारोबार भएको थियो ।
मिर्मिरेले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ३० गते शनिबार यो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
४.साधना लघुवित्त
साधना लघुवित्तको चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ९०४ रुपैयाँ २० पैसा समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता १०७६ रुपैयाँमा कारोबार भएको थियो ।
साधनाले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते होटल गोरखा बिसौनी, गोरखा ६ मा बिहान ११ः३० बजे छैठौं वार्षिक साधारण सभा डाकेको छ ।
५. गुँरास लघुवित्त
गुँरास लुघवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता सेयरमूल्य ८०० रुपैयाँ १९ पैसा समायोजित सेयरमूल्य निर्धारण गरिएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक प्रतिकित्ता ८३२ रुपैयाँ २० पैसामा कारोबार भएको थियो ।
गुँरास लुघवित्तले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सेयरमूल्य समायोजन नभएका तीन कम्पनी
लाभांश सुरक्षित गर्ने अन्तिम रहेका तीन कम्पनीहरु शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (तराई) लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको भने बजारमूल्यको दश प्रतिशतभन्दा कम नगद लाभांश रहेका कारण सेयरमूल्य समायोजन नभएको हो ।
शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २९ गते शुक्रबार गते होटल सामना, हेटौंडामा बिहान १० बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ ।
बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई प्रति सेयर ६० रुपैयाँ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे बस्नेगरी ३६ औं वार्षिक साधारण सभा डाकेको छ ।
यस्तै बोटलर्स नेपाल (बालाजु) लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई प्रति सेयर २० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले पुस २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे बस्नेगरी ४४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
मंगलबार कारोबार समयभित्र नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरुले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया