अनरले बलियो स्क्रिनयुक्त स्मार्टफोन नेपाली बजारमा ल्याउँदै


विश्वव्यापी लन्च भएको करिब एक हप्ता पछि सेलट्रन नेपालले अनर एक्स नाइन ए फाइभजी मोबाइल नेपाली बजारमा लन्च गर्ने तयारी गरेको छ। सबैभन्दा बलियो स्क्रिन भएको दाबी गरिएको उक्त स्मार्टफोन जनवरी १ ८ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।

अनर एक्स नाइन ए मोबाइल १६ जनवरीदेखि दराजमा प्रिबुकिङका लागि उपलब्ध हुनेछ। अग्रिम बुकिङ गर्ने ग्राहकहरूले ५ हजार ४९० रुपैयाँ पर्ने अनर इयर बड्स एक्स थ्री निस्शुल्क प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।

६.६७ इञ्चको ओएलइडी कभ्र्ड डिस्प्ले भएको एक्स नाइन ए मोबाइल यो वर्षका लागि उत्कृष्ट मिड(रेन्ज स्मार्टफोनहरूमा पर्ने अपेक्षा गरिएको छ । केही बिशेष फिचरका कारण यसलाई बजारमा प्रतिस्पर्धा गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

गहिरो प्रबलित ग्लास

अनर एक्स नाइन एको डिप्ली रिइन्फोस्र्ड ग्लायस महत्वपुर्ण विशेता हो । यसले एण्टी ड्रप कभ्र्ड स्क्रीनका लागि ९०० एमपीए भन्दा बढी तनावको साथ ०.६५ मिलिमिटर गहिरो प्रबलित गिलास अपनाएको छ, जसले दैनिक प्रयोगमा थप सहजता महसुस गर्न दिन्छ भने स्क्रीन लाइ मजबुती प्रदान गर्दछ।

पर्फमेन्स

अनर एक्स नाइन ए स्नापड्रागन ६९५ फाइभजीद्वारा संचालित छ, जसले यसलाई सहज रूपमा चलाउन सजिलो बनाउँछ र दैनिक प्रयोगको लागि पर्याप्त हुनेछ। यसमा रहेको १.८ जिएचजेड अक्टाकोर सिपियुमा एड्रेनो ९१९ जीपीयु छ । नेपालमा यसको ८ जीबी र्याम र २५६ जीबि स्टोरेजमा आउनेछ भने एण्ड्रोइड १२ मा आधारित म्याजिक युआई ६.१ मा चल्ने बताइएको छ ।

क्यामेरा

यसको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलको अल्ट्रा र डेप्थ क्यामेरा तथा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा समावेश छ। १६ मेगापिक्सेलको प्रण्ट क्यामेराले १०८० पिक्सेलको भिडियो सुटिङलाई सपोर्ट गर्छ भने पछाडिको क्यामेराले ८ एक्ससम्म डिजिटल जुम गर्दछ । यसमा अपार्चर, नाइट, एचडिआर, हाइ रिजोलुसन, क्याप्चर स्माइलजस्ता फिचर पनि छन् । यस आधारमा राम्रो स्तरको फोटोग्राफी चाहनेहरूका लागि पहिलो रोजाइ हुन सक्ने कम्पनीको विश्वास छ।

ब्याट्री र चार्जिङ

एक पटक गरेको चार्जले उक्त मोबाइल २ दिनसम्म चलाउन सकिने कम्पनीको दाबी छ । ५ हजार १०० एमएएचयुक्त ब्याट्री भएको अनर एक्स् नाइन एले अनरको स्मार्ट पावर(सेभिङ मोड टेक्नोलोजीको मद्दतमा दुई दिन प्रयोगको लागि निरन्तर पावर प्रदान गर्दछ । साथै उच्च गतिको सुपरपावर चार्जको मद्दतले ३० मिनेटको चार्जमा साढे १२ घण्टा निरन्तर भिडियो हेर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

डिस्प्ले र डिजाइन

६.६७ इञ्चको ओएलइडी कभ्र्ड डिस्प्लेयुक्त यो मोबाइलले १.०७ बिलियन रंगहरू १०० प्रतिशत डिसीआई पीथ्री कलर गेमट प्रदर्शन गर्न सक्छ । साथै यसको स्क्रिनसँग ९३ प्रतिशतको स्क्रीन टू बडी अनुपात, २४००*१०८० पिक्सेलको रिजोलुनि र १२० हर्जको रिफ्रेस रेट छ । टीयुभी रिइन्लायण्ड लो ब्लू लाइट प्रमाणीकरण पनि स्क्रिनमा प्रदान गरिएको छ।

स्लिम र हल्का डिजाइनका इमराल्ड ग्रीन र टाइटानियम सिल्भर रङमा आएका मोबाइलको मूल्य ४५ हजार ९०० रुपैयाँ पर्ने बताइएको छ । इकमर्श प्लेटफर्म दराजका साथै अफलाइन रिटेल स्टोरहरूबाट पनि मोबाइल खरिद गर्न सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।