पोखरा विमान दुर्घटनामा गृहमन्त्रीको निर्देशन यथासक्दो छिटो उद्धारमा जुट्नु

0
Shares

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएपछि उनले गृहसचिव, शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

घटना लगत्तै गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भई घटनाबारे जानकारी समेत लिएका छन् ।

चालक दलसहित ६८ यात्रु बोकेर आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।अहिले उद्धार कार्य जारी छ भने क्षतिको विवरण भने आउन बाँकी छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको थियो । विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।

मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
विमानमा चालक दलका ४ जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, ३ जना बालबालिका, ३ जना अशक्त भएका व्यक्ति सवार थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ माघ २०७९, आइतबार  १२ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।