अपि पावरको लाभांश स्वीकृत

0
Shares

अपि पावर कम्पनी लिमिटेडको चुक्ता पुँजीको ७.८९४७ प्रतिशत बोनस लाभांश स्वीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । सो लाभांश नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ ।

अब कम्पनीले साधारण सभा आह्वान गरेर साधारण सभाबाट प्रस्तावित लाभांश पारित गर्नेछ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ माघ २०७९, सोमबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।