आशा लघुवित्तको १ लाख ७० हजार कित्ता संस्थापक सेयरको बिक्री खुल्यो

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयरको बिक्री माघ १० गतेदेखि खुला भएको छ ।

उक्त सेयर खरीद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाकारी दिएको छ ।

कम्पनीले न्यूनतम प्रतिकित्ता ३८० मूल्य तोकेर सो सेयर बिक्रीमा ल्याएको हो । बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन ।

बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति माघ २४ गतेसम्म तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।