मर्चेण्ट बैंकर एशोसिएसनको सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा लगानी निवारण अभिमुखिकरण कार्यक्रम


नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बधि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल धितोपत्र बोर्डद्वारा जारी “सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा कार्यक्रम गरिएको हो ।

सो अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्फबाट कानून विभागका का.मु. निर्देशक एवं एएमएल सीएफटी शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।