मेन्छियाम हाइड्रोलाई साधारण सेयर निष्काशन गर्न बोर्डको अनुमति


मेन्छियाम हाइड्रोपावर लिमिटेडलाई साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बोर्डको सञ्चालक समितिको बिहीबार बसेको बैठकले कम्पनीलाई १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत सेयर निष्काशन गर्न लागेको हो । उल्लेखित सेयरबाट पहिलो चरणमा आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर निष्काशन गरी अन्तिमममा सर्वसाधारण निष्काशन हुनेछ ।

सर्वसाधारणको ३० प्रतिशत तथा संस्थापकको ७० प्रतिशतले हुने ३७ लाख ९८ हजार कित्ता समेत गरी ५४ लाख २५ हजार ८३३ कित्ता सेयर बोर्डमा दर्ता गरेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैया रहेको छ । सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा १ अर्ब ३१ करोड लगानीमा निर्माण भएको चार दशमलव ७२ मेगावाट क्षमताको हाइड्रोपावरले व्यवसायिक रुपमा विद्युत उत्पादन सुरु गरिसकेको छ । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।