विद्युत उत्पादन थालेपछि लिवर्टी इनर्जीको खुद नाफा १ करोड १५ लाख माथि

0
Shares

लिवर्टी इनर्जी कम्पनी लिमिटेडको खुद नाफा १ करोड १५ लाख रुपैयाँ माथि पुगेको छ । विद्युत बिक्री सुरु भएसँगै कम्पनीको नाफा बढेको हो ।  गत आवको सोही अवधिसम्म कम्पनी १ करोड ३९ लाख रुपैयाँ घाटामा थियो ।

सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत् बिक्री आय ८ करोड २५ लाख रुपैयाँ छ । गत वर्ष आयोजनबाट विद्युत उत्पादन सुरु भएको थिएन ।

चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको लिवर्टी इनर्जीको रिटेन अर्निङ भने १७ करोड ४६ लाख रुपैयाँ ऋणात्मक छ । पुससम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च ६ करोड १६ लाख रुपैयाँ छ ।

कम्पनीको प्रति सेयर आम्दानी ७७ पैसा र प्रति सेयर नेटवर्थ ८८ रुपैयाँ ३६ पैसा छ । गत वर्ष इपीएस ०.९३ पैसा ऋणात्मक थियो ।

कम्पनीले लमजुङ्ग जिल्लामा निर्माण गरेको २५ मेगावाट क्षमताको अपर दोर्दी ए जलविद्युथ आयोजनाले १७ मंसिर २०७९ देखि व्यापारिक रुपमा विद्युत उत्पादन थालेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार  १२ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।