इसेवा मार्फत केडका सामाग्री खरिद गर्न सकिने


भुक्तनी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनी प्रा.लि. बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ । उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र इसेवाका ग्राहकहरुले केडका सामान खरीद गर्दा वेव चेकआउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले इसेवाका लाखौं ग्राहकहरुले केडका गुणस्तरीय सामान खरीद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने तथा सहकार्यबाट बढी फाइदा दिन सकिने बताए । यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले इसेवाका ग्राहकहरुलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन् ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ८५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

गुण समूहद्वारा स्थापित र प्रवद्धित केड कम्पनी प्रा.लि. ले विगत पाँच महिनादेखि केड ब्राण्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ ।

दरबार मार्गको दरबार मलको पहिलो तल्लामा अवस्थित केडले छोटो समयमै ग्राहको मन जित्न सफल भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।