सोमबार सुन चाँदीको भाउ स्थीर


फागुन महिनाको पहिलो दिन सोमबार सुनचाँदीको मूल्य स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि प्रतितोला छापावाल सुनको मूल्य १ लाख ४ हजार रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, प्रतितोला चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८५९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.८५ डलरमा कारोबार भइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।