नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त


काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका असार १३ गते बसेको सञ्चालक समितिको ७१ औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारीलाई असार १३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । यस अघि भण्डारीले बैंकको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका भण्डारी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन् ।

बैंकको पुर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।