एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । माघ २७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा फागुन ३ गते बुधबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइटबाट अनलाइन माध्यम मार्फत तथा स–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
हाल कम्पनीमा संस्थापक तर्फबाट २२ करोड २० लाख रकम चुक्ता भएको छ । सर्वसाधारणमा आईपीओ जारी पछि चुक्ता पुँजी ३४ करोड रुपैयाँ पुग्नेछ ।
कति पर्यो आवेदन ?
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार बिहानसम्म २२.२३ गुणा बढी आवेदन परेको छ ।
सिडिएससीका अनुसार बुधबारसम्म १३ लाख ९२ हजार १२७ वटा आवेदन मार्फत १ करोड ५४ लाख ९५ हजार ४४० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले सामुहिक लगानी कोष, कर्मचारी र वैदेशिक रोजगारीमा रहेकालाई छुट्टाएर सर्वसाधारणबाट ६ लाख ९७ हजार २०० कित्ता सेयरका लागि आवेदन माग गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया