पाँच भन्सार नाकाबाट उच्च आयात हुँदा १२ नाकाबाट निर्यात शुन्य


देशभर सञ्चालनमा रहेका दुई दर्जन भन्दा बढी भन्सार नाकाहरुमध्ये ५ वटा नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुँदै आएको छ ।

कुल सञ्चालनमा रहेका २७ नाकामध्ये मुख्य ५ नाकाबाट मात्रै ८६ दशमलव ०४ प्रतिशत आयात र ९३ दशमलव ७९ प्रतिशत निर्यात भएको छ ।

भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८\७९ को माघ महिना अर्थात साउनदेखि माघसम्मको अवधिमा वीरगञ्ज, भैरहवा, ड्राइपोर्ट, विराटनगर तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गरी यी मुख्य ५ नाकाबाट सबैभन्दा बढी वैदेशिक व्यापार भएको देखिएको हो ।

सबैभन्दा धेरै वस्तु आयात हुनेमा वीरगञ्ज नाका पहिलो स्थानमा छ भने निर्यात हुनेमा विराटनगर रहेको छ । वीरगञ्ज नाकाबाट कुल आयातको ३७ दशमलव ३९ प्रतिशत आयत तथा विराटनगर नाकाबाट कुल निर्यातको २७ दशमलव ३३ प्रतिशत निर्यात भएको छ ।

वीरगञ्ज नाकाबाट गएको ७ महिनाको अवधिमा ३ खर्ब ४३ अर्ब ६३ करोड ४३ लाख २१ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३७ दशमलव ३९ प्रतिशत हो । यस नाकाबाट सो अवधिमा कुल २३ अर्ब २८ करोड ४० लाख ७० हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको २४ दशमलव ९२ प्रतिशत हो ।

२५ अर्ब ५३ करोड ८० लाख ७७ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको छ । 

त्यसैगरी सबैभन्दा धेरै बस्तु तथा सामान आयात हुने वीरगञ्ज नाका पछि भैरहवा भान्सार नाका दोस्रो स्थानमा रहेको छ । यस नाकाबाट गएको ७ महिनाको अवधिमा १ खर्ब ३० अर्ब ५३ करोड ९३ लाख ८० हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १४ दशमलव २० प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ५ अर्ब ४२ करोड ७० लाख ५१ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ५ दशमलब ८१ प्रतिशत हो ।

भन्सार विभागको अनुसार बस्तु तथा सामान आयात निर्यात हुने नाकामा भैरहवा पछि ड्राईपोर्ट रहेको छ । यस नाकाबाट गएको ७ महिनाको अवधिमा १ खर्ब १६ अर्ब ४४ करोड ३८ लाख ३८ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १२ दशमलव ६७ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट २ अर्ब २२ करोड ८ लाख १ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको २ दशमलब ३८ प्रतिशत हो ।

विभागको अनुसार बस्तु तथा सामान आयात निर्यातमा विराटनगर चौँथो स्थानमा रहेको छ । यस नाकाबाट गएको ७ महिनाको अवधिमा १ खर्ब ६ अर्ब ९० करोड १९ लाख ४० हजार रुपैया बराबरको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११ दशमलब ६३ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट २५ अर्ब ५३ करोड ८० लाख ७७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ । यो कुल निर्यातको २७ दशमलव ३३ प्रतिशत हो ।

यसैगरी सामान आयात निर्यात हुने अर्को नाका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल रहेको छ । यस नाकाबाट गएको ७ महिनाको अवधिमा ९३ अर्ब २६ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको सामानहरु आयात भएको छ । यो कुल आयातको १० दशमलव १५ प्रतिशत हो । सो अवधिमा यस भन्सार नाकाबाट २० अर्ब ६३ करोड ३४ लाख ३१ हजार रुपैयाँ बराबर रकमको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको २२ दशमलव ०८ प्रतिशत हो ।

भन्सार विभागको अनुसार गएको १० महिना समयअवधिमा ५ भन्सार नाकाबाट उच्च आयात भएको छ भने १२ भन्सार नाकाबाट भने शुन्य निर्यात भएको जनाएको छ । भद्रपुर, गौर, गौतम बुद्ध, जनकपुर, महेशपुर, राजविराज, सति, सिराहा,सुन्सरी, तातोपानी, थाडी, त्रिवेनी भन्सार नाकाहरुबाट भने शुन्य निर्यात भएको भन्सार विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।