एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा विलम्ब शुल्क छुट

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुर्नजागरण गराउने बीमितहरुलाई लाग्ने विलम्ब शुल्क (व्याज) मा ५० प्रतिशत छुट दिएको छ । कम्पनीले २०७७ फागुन १४ गतेदेखि नवीकरण शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा लाग्ने जरिवना शुल्कमा छुट दिएको हो ।

कम्पनीले २०७९ फागुन १५ गतेदेखि एक महिना (२०७९ चैत ३० गते) भित्र व्यतित बीमालेख नवीकरण गरेको खण्डमा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको हो ।

यस्तो छुट २०७९ फागुन १४ सम्ममा नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघि पूर्ण व्यतित भएको बीमालेखहरुमा मात्रै छुट दिइने कम्पनीले जनाएको छ । विसं २०७९ फागुन १४ भन्दा अगाडि परिपक्व हुने बीमालेखहरुमा भने व्याज छुट नदिइने कम्पनीले जनाएको छ ।

यसभन्दा अगाडि विलम्ब शुल्कमा छुट सुविधा लिएको भए त्यस्ता बीमितले भने पुनः छुट नपाउने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।