सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु अस्पतालबिच सम्झौता


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा लि बिच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई छुटमा सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई बेड चार्ज, डाइग्नोष्टिक, औषधी तथा हेल्थ प्याकेजहरु छुटका साथ सहज तरिका बाट प्रदान गर्नेछ । स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।