आन्तरिक ऋणको सीमा हटाउने सहमतिपछि अमेरिकाको संकट टर्यो

0
Shares

लामो समयसम्म विवादको विषय बनेको अमेरिकी आन्तरिक ऋणको सीमा बढाउने वा हटाउने सम्बन्धमा राष्ट्रपति जो बाइडेन र प्रमुख प्रतिपक्षी केबिन म्याकरथीबीच भएको सम्झौतालाई कंग्रेसले पारित गरेको छ ।

आन्तरिक ऋणको सीमा हटाउने नीति कंग्रेसले पारित गरेपछि पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको संकट टरेको हो । कंग्रेसबाट पारित भएको नीतिलाई सिनेटमा पारित गर्न लागि पठाइएको छ । सिनेटमा डेमोक्रयाटहरुको बहुमत रहेको छ र निर्विरोध नीति पारित हुने आकलन गरिएको छ ।

सिनेट र कंग्रेस दुवै सदनबाट आन्तरिक ऋणको सीमा बढाउने नीति पारित गरेपछि आगामी सोमबार राष्ट्रपति जो बाइडेनले उक्त नीतिमा हस्ताक्षर गरी आन्तरिक ऋणको सीमा हटाउने नीति संशोधन गर्नेछन् । हाल ३१.४ ट्रिलियन अमेरिकी डलर रहेको आन्तरिक ऋणको सीमा सन् २०२५ जनवरी १ तारिख सम्मका लागि हट्ने भएको हो ।

अमेरिकी वाणिज्य विभाग प्रमुख जेनेट एलेनले तोकेको जुन ५ तारिख अघि नै अमेरिकी कंग्रेसले आन्तरिक ऋणको सीमा हटाउने प्रस्ताव पारित गरेका छन् । मे १ तारिखमा राष्ट्रपति कार्यालय ह्वाइट हाउसलाई उध्रित गरी आन्तरिक ऋणको सीमा नबढाए अमेरिकी अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुग्ने जानकारी दिएसँगै अमेरिकी अर्थतन्त्रको विषयमा चर्चा सुरु भएको थियो ।

एलेनले मे १५ तारिखमा समेत ह्वाइट हाउसलाई आन्तरिक ऋणको सीमा नबढाउँदा राष्ट्र र जनताले भोग्नु पर्ने समस्याका विषयमा जानकारी गराएपछि राष्ट्रपति जो बाइडेन र प्रतिपक्षी केबिन म्याकरथीबीच विभिन्न समयमा चरणगत बैठकहरु भएका थिए ।

सुरुवाती समयमा प्रतिपक्षी रिपब्लिकन पार्टीले आन्तरिक ऋणको सीमा बढाउने विषयलाई लिएर खर्च कटौती गर्ने शर्तहरु राखेका थिए । जसकारण दुई पार्टीबीच सहमति जुट्न सकेको थिएन ।

तथापि गत मंगलबार बाइडेन र म्याकरथी सम्झौता गर्न तयार भएपछि बुधबार कंग्रेसले आन्तरिक ऋणको सीमा हटाउने नीति पारित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।