आइएमई ग्रुपको नेपाल पल्प एन्ड पेपर उद्योगले साढे १ अर्ब ऋणका लागि गरायो रेटिङ

0
Shares

आइएमई ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानीमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डष्ट्रिज प्रालिले १ अर्ब ३८ करोड ९१ लाख ६० हजार रुपैयाँ बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ ।

कुल १ अर्ब १२ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले बी प्लस रेटिङ गरेको छ । यस्तै २६ करोड ६० लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ । इक्रा नेपालले कम्पनीको वित्तीय विवरण उपलब्ध नगराएका कारण कम्पनीको वित्तीय स्थिति थाहा पाउन सकिएको छैन । तथापि अनुभवी प्रमोटर रहेका कारण कम्पनीलाई वित्तीय तथा प्राविधिक कार्यका लागि सहजता मिलेको छ ।

कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका छन् । कम्पनीको संस्थागत सेयर होल्डर वान क्यापिटल होल्डिङ्सको सेयर हिस्सा ३५ प्रतिशत रहेको छ । यस्तै सुलोचनादेवी सराफको २० प्रतिशत, सुनिल गोपाल श्रेष्ठ र होमनाथ ज्ञवालीको १५ प्रतिशत, सुमन पोखरेल, गोविन्द कुमार सराफ र गौतम सराफको ५ प्रतिशत सेयर हिस्सा रहेको छ ।

उच्च गुणस्तरको प्रिन्टिङ पेपर उत्पादन गर्ने उद्देश्यका साथ कम्पनीको स्थापना सन् २०२१ मा भएको थियो । कम्पनीको पेपर उत्पादन क्षमता प्रति वर्ष २१ हजार मेट्रिक टन रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।