लयमा फर्कर्दै नेपाल लाइफ, अधिकांस सूचकमा सुधार

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधार गरेर आफ्नो पुरानो लयलाई फर्काउने प्रयास गरेको छ ।

कम्पनीले प्रकाशित गरेको विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क बढेको छ। खुद नाफा धनात्मक भएको छ भने प्रतिसेयर आम्दानीमा सुधार आएको छ। कम्पनीका बीमा कोष, जगेडा कोष झनै बजमुत हुँदै गएका छन। कम्पनीले दाबी भुक्तानी समेत बढाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६७ करोड ४४ लाख रुपैयाँ धनात्मक भएको छ।

कम्पनीको नाफामा सुधार भएसँगै अघिल्लो वर्षको यसैअवधिमा ५ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २२ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो। कम्पनीले पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय ९ करोड १८ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २ खर्ब १८ करोड रुपैयाँ थियो।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ भने महाविपत्ती कोषमा ८९ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशत, रिजर्भको आकार १२५.३१ प्रतिशतले बढको हो ।

यो अवधिसम्म कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।