तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक


नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशनले इन्टरनेट साझेदारका रुपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वर्ल्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए । उनका अनुसार वर्ल्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलता मार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निमार्ण एवं कार्यान्वयनका लागि सम्मेलन उपलब्धीमुलक हुने बताए । उनका अनुसार ७० जिल्लाका ५०० युवा उद्यमीहरु सम्मेलनमा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले उद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तन : लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ । यो सम्मेलनले कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउन योगदान पुग्ने आयोजकको विश्वास छ ।

युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवकिङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी निति, करनिति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समुहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिबृद्धि र उद्यमको बृद्धि बिकासमा यो सिखर सम्मेलन महत्वपुर्ण हुने आयोजकको बिश्वास छ ।

सम्मेलनलमा युवा उद्यमशीलताको बिकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, स्टोरी सेयरिङ्, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौता लगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्मेलनमा बिभिन्न सरकारी निकाय, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायको सहकार्य रहने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।