माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने


माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९\८० को मुनाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । माछापुच्छ्रे बैंक वाणिज्य बैंकमध्ये सबै भन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

पुँजी कोष अनुपात कायम गर्न नसक्दा माछापुच्छ्रे बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ बाट लाभांश वितरण गर्न सकेको थिएन । आव २०७७/७८ बाट भने बैंकले सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।