कुमारी बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ३ लाख ७९ हजार ७९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बिनु श्रेष्ठको नाममा रहेको २ लाख ८७ हजार १२ कित्ता र सुरज अधिकारीको नाममा रहेको ९२ हजार ७८३ कित्ता गरी कुल ३ लाख ७९ हजार ७९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज भदौ १४ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।