चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

0
Shares

नेपालको प्रतिष्ठित व्यवसायिक घरानाचौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यवसायिक घराना अदानीग्रुपवीच दुई देशबीचमा सिमेन्ट विजनेशको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ ।

नेपाल र भारतवीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यवसायिक घरानाले सिमेन्ट विजनेशमा नयाँ अध्याय शुरू गरेका हुन् । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगती प्रतिको अटल समर्पणलाई दर्शाउँछ ।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्धनिर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्तगर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उदेश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावितहुने विश्वास व्यक्त गरे । ‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’प्रवन्ध निर्देशक चौधरीले भने।

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानीग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समुहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मुल्य मान्यता र आकांक्षाप्रति बिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यवसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे । उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेनु भएकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे ।

हालैमात्र वरुण चौधरी मालदिभ्समा रहँदा पर्नु भएको गम्भिर दुर्घटनाको समयमा गौतम अदानीले गरेकोे सहयोगले उनको जीवनमा ठुलो महत्व राखेको कुरा पनि स्मरण गरे । अदानीग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।