नेपाल फाइनान्सको ४० हजार कित्ता सेयर सूचीकृत

0
Shares

नेपाल फाइनान्स लिमिटेडको ४० हजार २४५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रदमा अवितरित भई लिलामी मार्फत बिक्री गरेको संस्थापक तर्फको सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज )नेप्से) सूचीकत भएको हो ।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

फाइनान्सले प्रभु क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा चुक्ता पुँजीको ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँको ७० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । १ कित्ता बराबर ०.७० कित्ता अनुपातमा कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँबराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले २०७९ बैशाख २० गतेसम्म नेप्सेमासेयर कारोबार भई कायम रहेका विद्यमान सेयरधनीहरुका लागि जेठ ६ देखि २६ गतेसम्म हकप्रद बिक्रीमा ल्याई असार ५ गते बाँडफाँड गरेको थियो । सबै सेयरधनीले हकप्रद नभरे पश्चात बिक्री नभएको सेयर फाइनान्सले पटक पटक लिलामी मार्फत बिक्री गरेको हो ।

हकप्रद जारी गरेपछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।