कामना सेवा विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी दिनेश थकालीलाई


कामना सेवा विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी दिनेश थालीले पाएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा केही समय अघिदेखि प्रवेश गरेका थकालीलाई बैंक सञ्चालक समितिले कम्पनी सचिवको समेत जिम्मेवारी सुम्पिएको हो ।

बैंक सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले सोही दिनदेखि लागू हुनेगरी थकालीलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । २०८० जेठ दोस्रो सातादेखि बैंक व्यवस्थापनको नेतृत्व सम्हालेका थकाली पेशाले चार्टर्ड एकाउण्टेण्ट हुन् ।

प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रभु क्यापिटलको प्रबन्ध संचालकबाट पछिल्लो समय फेरी बैंकमा प्रमुख व्यावसाय अधिकृतको रुपमा कार्यरत थिए । प्रभु बैंकबाट बाहिरिएपछि उनी कामनाको नेतृत्वमा पुगेका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलपमेण्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । बागेश्वरी र साग्रिलाको मर्जर पछि कम्पनी सचिव तथा डेपुटी सिइओ बनेका थिए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रमुख सञ्चालन अधिकृतको रुपमा प्रभु बैंक भित्रिएका थिए ।

छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् ।

लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन, एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत रहेका थकालीसँग बैंकको निक्षेप परिचालन, निक्षेप बजारीकरणदेखि धितोपत्र बजारको अनुभव छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।