टाटाको जेनुइन पार्टस्, टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा


टाटा जेन्यण्इन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ । सम्झौतासँगै अनलाइन स्टोर दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ ।

एक कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तल सहित काठमाण्डौ उपत्यका भित्रका खुद्रा बिक्रेता र देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टोरका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगर बिच सहमति र सहकार्यको सम्झौता भएको हो ।

टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहक नक्कली पार्टपुर्जाबाट ठगिने अवस्थामा सुधार हुनुका साथै उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।