माउण्ट कैलाश इनर्जीले पनि आईपीओ ल्याउने

0
Shares

माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले पनि आईपीओ ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने उदेश्य सहित असोज २४ गते बुधबार बार्षिक साधारण सभा बोलाएको छ । सभा क्वालिटी क्याफे एण्ड व्याङ्केट, ठूलोभयाङ, स्वयम्भूमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

दुई आर्थिक वर्षको एकैपटक हुन लागेको सभाले सार्वजनिक सेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा सार्वजनिक सेयर निष्काशन गरि पुँजी वृद्धि गर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

यस्तै सातौं र आठौं बार्षिक साधारण सभाबाट सञ्चालक समितिका सदस्यहरुको संरचना परिवर्तन गर्ने सम्बन्धमा, पुँजी संरचना परिवर्तन गर्ने, आव २०८०–८१ को लागि लेखापरीक्षक नियुक्ति र लेखापरीक्षकको पारिश्रमिक तोक्ने, आव २०७८–७९ र २०७९–८० को लेखा परीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलातमाथि छलफल र स्वीकृति गर्नेछ ।

आव २०७८–७९ र २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल र स्वीकृति तथा निर्णयहरुलाई समेत अनुमोदन हुनेछ ।
कैलाश हाइड्रो पावरले मुस्ताङमा १३.६० मेगावाटको थापा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार  १४ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।