पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ को आकार ३ अर्ब पुग्ने

0
Shares

सामुहिक लगानी कोष योजनामा नेपालकै पहिलो पटक खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फन्ड’ को आकार ३ अर्ब पुग्ने भएको छ ।सुरुमा ५० करोडको आकारमा सञ्चालनमा आएको फन्डको आकार ६ गुणा ठूलो हुने भएको हो ।

हाल योजनाको कुल आकार १ अर्ब ९९ करोड बढी छ । फन्ड व्यवस्थापक एनआईएमबि एस क्यापिटलले थप १ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री गर्न पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको स्वकिृति मागेकोमा बोर्डले भदौ २२ गते इकाई बिक्रीका लागि अनुमति दिएको हो । यससँगै फन्डको आकार ३ अर्ब पुग्नेछ ।

धितोपत्र बोर्डबाट योजनाले थप १ अर्बको बराबरको प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीको अनुमति पाएको हो । थप १० करोड इकाई बिक्रीपछि ‘एनआईबिएल सहभागिता फन्ड’ को आकार ३ अर्ब पुग्नेछ ।

‘एनआईबिएल सहभागिता फन्ड’ एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना हो । यो योजनाको कोष प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

हाल बजारमा ‘एनआईबिएल सहभागिता फन्ड’ सहित कुल ७ वटा खुलामुखी योजना सञ्चालनमा आइसकेका छन् । सबै बन्दमुखी प्रकृतिको योजना सञ्चालनमा रहेको अवस्थामा तत्कालीन एनआईबिएल एस क्यापिटलले पहिलो पटक खुलामुखी योजना बिक्री गरी सञ्चालनमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।