सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको ५० करोड मूल्यका इकाई बिक्री अनुमति

0
Shares

सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले थप ५० करोडको इकाई सर्वसाधारणमा बिक्री गर्न अनुमति पाएको छ ।

सिद्धार्थ म्युचुअल फन्ड अन्तरगत सञ्चालित खुलामुखी प्रकृतिको उक्त योजनाले इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको थियो । बोर्डले भदौ २९ गते शुक्रबार थप ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्री गर्न स्वीकृति प्रदान गरेको हो ।

धितोपत्र बोर्डबाट थप इकाईहरु बिक्रीको अनुमति पाएसँगै अब म्युचुअल फन्डले सार्वजनिक आह्वान गरी उक्त इकाईको बिक्री खुला गर्नेछ ।
सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले २० करोडको इकाई बिक्रीमा ल्याएको थियो । हाल योजनाको आकार ४७ करोड ५६ लाख बराबर रहेको छ ।  बोर्डबाट स्वीकृति पाएको ५० करोड थप भएपछि फन्डको आकार ९४ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । योजनाले सर्वाजनिक सूचना जारी गरेर १० रुपैयाँ अंकित दरका थप ५ करोड इकाइ बिक्रीमा ल्याउनेछ ।

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ को योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल र कोष प्रवद्र्धकमा सिद्धार्थ बैंक रहेका छन् ।

हाल बजारमा ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ सहित कुल ७ वटा खुलामुखी योजना सञ्चालनमा आइसकेका छन् । तत्कालीन एनआईबिएल एस क्यापिटलले पहिलो पटक खुलामुखी ‘एनआईबिएल सहभागिता फन्ड’ योजना बिक्री गरी सञ्चालनमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।