.jpg)
नेप्से बिहीबार ४४.३४ अंकले बढेसँगै बिहीबारको बजारमा १४ कम्पनीको सेयरमा लगानी गरेका लगानीकर्ताहरु मालामाल भएका छन् ।
यसदिन चार कम्पनीको सेयर १० प्रतिशतले बढ्दा थप सात कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै थप तीन कम्पनीको सयरमूल्य पनि ९ प्रतिशतभन्दा अधिक बढेको छ । नेप्सेका अनुसार यसदिन नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
यस्तै मन्दाकिनी हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला जलविद्युत र बाराही हाइड्रोपावर लिमिटेडको सेयर ९(९० प्रतिशतभन्दा धेरैले बढेको हो । यसदिन मैलुङ्गखोला जलविद्युत, अपर सोलु हाइड्रोइलेक्ट्रिक र गुडविल फाइनान्सको सेयरमूल्य ९ पप्रतिशतभन्दा धेरै बढेको छ । यस्तै आठ प्रतिशतभन्दा धेरै सेयरमूल्य बढ्ने कम्पनीको संख्या १० हुँदा सात प्रतिशतभन्दा धेरै मूल्य बढेको कम्पनी १२ वटा रहेका छन् ।
उता आजको बजारबाट सामुहिक लगानी कोष योजना एनआईबिएल ग्रोथ फन्डका लगानीकर्ताले गुमाएका छन् । फन्डको इकाईमूल्य सर्वाधक ४.०७ प्रतिशत घटेको हो । यस्तै अभियान लघुवित्तको ३.९८ प्रतिशत, एनआईबिएल प्रगति फन्ड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र आरबिबि म्युचुअल फन्ड १ को इकाईमूल्य २ प्रतिशतभदा धेरै घटेको छ ।
बिहीबार नेप्से ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको छ । बिहीबार समग्र बजार पुँजीकरण ३० खर्ब ७४ अर्ब १३ करोड ५९ लाख १९ हजार ६१४ रुपैयाँ कायम भएको छ । मंगलबार २९ खर्ब ९२ अर्ब २५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । बिहीबार मात्रै ८१ अर्ब ८८ करोडले बजार पुँजीकरण बढेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया