कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारीमा कर्जा लगानी सम्झौता


कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपालसँग सम्झौता गरेको छ ।

सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिता कुमारी क्षेत्रीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात नेभ नेपालका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।